पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी

पाेखरा | जेठ २३, २०८१

पोखरामा यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको तयारी

पोखरा:    यू–१५ विद्यालय खेलकुद प्रतियोगिता २०८० को तयारी पोखरामा सुरु भएको छ ।


राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनमा यहि जेठ ३० र ३१ गते हुने प्रतियोगिताको तयारी सुरु भएको हो । तयारी स्वरुप गण्डकी प्रदेशको छनौट खेल बिहिबार पोखरामा हुने भएको छ ।


विद्यालय यू–१५ प्रतियोगिता अन्तर्गत विभिन्न ६ खेलहरुको छनौट खेल बिहिबार पोखरा रंगशालामा सम्पन्न गर्ने गरी तयारी गरिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले जानकारी दिएका छन् ।


प्रतियोगिता अन्तर्गत छात्ररछात्रा बास्केटबल, रग्बी, ब्याडमिन्टन, एथलेटिक्स, टेबुल टेनिस र बुद्धिचाल खेलका गण्डकी प्रदेशका ११ जिल्लाका ४१६ जना खेलाडी र ७१ जना प्रशिक्षक गरी ४८७ जना बुधबार पोखरा आइपुग्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।


बुधबार सञ्चालन हुने छनौटबाट विभिन्न ६ खेलका ७६ जना खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट हुनेछन् ।


त्यसै गरी टेबुल टेनिसका लागि छात्ररछात्रा ४–४ जना गरी ८ खेलाडी छनौट हुनेछन् । जस अन्तर्गत छनौट भएका खेलाडीहरुले सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा गर्नेछन् ।


यस्तै व्याडमिन्टनका लागि ४–४ जना गरी ८ जना खेलाडीको छनौट हुनेछन् । ब्याडमिन्टनतर्फ सिंगल्स, डबल्स, मिक्स डबल्समा प्रतिस्पर्धा हुनेछ भने बुद्धिचालतर्फ सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा हुनेछ । बुद्धिचालतर्फ पनि छात्ररछात्रा गरी ८ खेलाडी छनौट हुनेछन् ।


त्यसै गरी रग्वी छात्ररछात्रातर्फ १०–१० जना र बास्केटबलतर्फ १०–१० खेलाडी छनौट हुने आयोजकले जनाएको छ ।


परिषदले छनौट हुने कुल ७६ जना खेलाडीहरुलाई २५ देखि २९ गते सम्म पोखरामा बन्द प्रशिक्षणमा राख्ने तयारी समेत गरेको छ ।


पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय यू–१५ प्रतियोगिताको उद्घाटन जेठ ३० गते हुनेछ ।


प्रतियोगिता अन्तर्गत हुने सबै खेलहरु पोखरा रंगशाला परिसरमा नै सञ्चालन हुने गरी तयारी भइरहेको परिषदले जनाएको छ ।


विद्यालय यू–१५ राष्ट्रिय प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ६३० जनाको सहभागिता हुनेछ ।

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्

पोखरा ।   ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ ।   पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की ...

थप पढ्नुहोस्